Shittalpati
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए

पाल्पा । खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।

उनको खोजतलास गर्ने क्रममा गुल्मी छत्रकोट गाउँपालिका –५ मनबाहाक स्थित रिडी खोलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र स्थानीयले खोज्दै जाँदा शनिबार विहान ११:४५ मा मृत अवस्थामा फेला पारेका हुन् । ससुराली आएका मुखिया घर फर्किने क्रममा शुक्रबार साझाँ बेपत्ता भएका थिए । स्थानीयले खोलाले बगाएर देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update