Shittalpati
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

पाल्पा । प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, रुपन्देही र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । बाँके नेपालगञ्ज उपमहानगरपालिका १ नन्दनिमिल नजिकै टिप्परले ठक्कर दिई साइकल यात्रुको मृत्यु भएको छ ।

धम्बोजिबाट खजुरातर्फ जाँदै गरेको भे १ ख ३००३ नं.को टिप्परले साईकल यात्री नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टिटोल बस्ने बर्ष ६० का बुद्ध सागर लखेरलाई ठक्कर दिई घाईते भएका थिए । घाइते उनको उपचारका लागि नर्सिङहोम नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ । त्यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका ९ थारगटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय छबिलाल पुनका १२ वर्षका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको रङसिङ खोलामा विद्युतको मेन तारमा तार अड्काई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । त्यस्तै रुपन्देहीको सिद्धार्थ नगरपालिका ९ गोलीगढमा अचेत अवस्थामा रहेकी एक महिलाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका २ घर भई हाल सिद्धार्थ नगरपालिका ९ गोलीगढमा डेरा गरी बस्ने लाल बहादुर तामाङको श्रीमती २६ वर्षकी बिमला क्षेत्री तामाङको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update