Shittalpati
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा

काठमाडौं (एजेन्सी) । एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।

जसबाट ग्राहले भरपुर फाइदा लिन सक्ने कम्पनीले बताएको छ । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने छन् । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ । ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० (कर सहित मात्र १२७.६९) मा एक साताभरि ४८० पी मा युट्युब भिडियो सामग्रीहरुकोे मजा लिन सक्ने छन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् । ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५ सय एमबीको दरले ७ दिन सम्म मात्र २० (कर सहित मात्र २५.५३) मा ३५ सय एमबि थप डेटाको लिन सक्ने छन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update