Shittalpati
ट्रकको ठक्करबाट युवतीको मृत्यु

चन्द्रौटा (कपिलवस्तु), ट्रकको ठक्करबाट साइकल यात्री युवतीको २२ बर्षिया युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले कपिलवस्तु– १, स्थित हुलाकी सडक खण्डमा साइकलमा सवार युवतीलाई ठक्कर दिएको थियो ।

 जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी कपिलवस्तु नगरपालिका २ बर्गदवाकी करिब २२ वर्षीया निशा गद्दीलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पु¥याएको थियो । उपचार गर्दै गर्दा उनलाई चिकित्सकले दिउँसो २ बजे मृत घोषणा गरेका हुन् । दुर्घटनापछि प्रहरीले ट्रक र चालक मोरङ सुनसरी नगरपालिका–१० का ४३ वर्षीय कृष्णप्रसाद खनाललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update