पाल्पा, जिल्लामा गिद्ध संरक्षणका लागि विद्यार्थीमा सचेता कार्यक्रम गरिएको छ । अधेरी छरछरेसामुदायिक वन उपभोत्ता समूहको आयोजना र डिभिजन वन कार्यालयको सहयोगमा दमकडा मा.वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई गिद्ध वासस्थान संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई गिद्धको महत्व र गिद्ध र मानव जीवनसँगको सम्बन्ध लगायतका जानकारी गराइएको थियो । पंक्षी संरक्षण संघ परियोजनाका अधिकृत सुजन बस्नेतले पछिल्लो समयमा मानविय क्रियाकलाप तथा गतिवधिका कारण उनीहरुको जीवन चक्र नै संकटमा पर्दै गएका कारण अब संरक्षणका लागि विद्यालय र समुदाय तह बाटै पहल गर्नु पर्नेमा जोड दिए । धार्मिक तथा वातावरणीय हिसावले पनि उत्तिकै महत्व रहेको गिद्धको अस्तित्व लोप भए महामारी जस्ता रोगहरु फैलिन सक्ने भएका कारण अबका दिनहरुमा गिद्धको आहारा र बासस्थानमा संवेदनशील हुनुपर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहेका संरक्षण विद् बस्नेतले पशुमा प्रयोग हुने दुखाई कम गर्ने औषधीको प्रयोग भएका गाई भैसीको सिनोलाई आफ्नो आहारा बनाएका गिद्धका मृगौलामा समस्या देखिए पछि त्यसता औषधी नेपाल सरकारले बिक्री वितरणमा पुर्ण रुपले रोक लगाएको बताए । २०४७ सालको अवधिमा करिव ५ लाखको सख्या रहेको गिद्ध डंगर प्रजातीको ९१ प्रतिशत र सानो खैरो प्रजातीको ९९ प्रतिशत लोप हुने अवस्थामा रहेकाले पनि संरक्षण तर्फ लाग्नु पर्ने उनले बताए । बस्नेतका अनुसार नेपालमा पाइने स्थानीय प्रजाति मध्ये डंगरको अनुमानित २ हजारको सख्यामा , सानो खैरो ७५ वटा , सेतो गिद्ध १ हजारको सख्यामा रहेको छ । पशुमा विषेश गरी कुकुर नियन्त्रणको क्रममा विषादीको प्रयोग बढेको छ । मरेको कुकुरलाई आफ्नो आहारा बनाएका गिद्ध समेत मर्ने क्रम रहेकोले विषादीको प्रयोग समेत घातक रहेको उनले स्पष्ट पारे । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघंका सल्लाहाकार निरञ्जन भुषाल,सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकनाथ घिमिरे,सचिव सावित्रा भुषाल लगायतले गिद्धको महत्व बारे प्रकाश पारेका थिए । अधेरी छरछरे सामुदायिक बनले गिद्धको संरक्षणको लागि आहारा व्यवस्थापन,उपभोक्ता समितिका सदस्यहरुलाई सचेतनाका कार्यक्रम गर्नुको साथै ठाउँ–ठाउँमा होडि· बोर्ड राख्दै आएको छ ।


