Shittalpati
रामपुरमा बारी जोत्ने क्रममा ट्याक्टर  पल्टिदाँ चालकको मृत्यु

पाल्पा,  जिल्लाको रामपुर नगरपालिका –३ गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान बारी  जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका –४ बाङ्गेपसलका  ५२ वर्षीय टेक बहादुर आलेको मृत्यु भएको हो ।

स्थानीय दुर्ग बहादुर मल्ल ठकुरीको बारी जोत्दै गरेको लु ३ त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक बारीमै पल्टिन जाँदा आलेलाई ट्याक्टरले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update