Shittalpati
पाल्पा अस्पतालमा लायन्स क्लवको सहयोगमा वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइँदै

पाल्पा, पाल्पा अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न बैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तर्राष्ट्रिय लायन्स क्लवको आर्थिक सहयोगमा अस्पताल प्रशासन र व्यवस्थापन समितिसँगको समन्वयमा फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।

लायन्स क्लवका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिबिच अस्पतालमा भएको छलफलपछि फोहोर व्यवस्थापन गर्ने कार्यका लागि  फोहोर व्यवस्थापन तथा वातावरणीय सुरक्षा परियोजना सञ्चालन  गरिने भएको हो । उक्त परियोजनामार्फत यहाँ बैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको छ । अस्पतालबाट दैनिक रुपमा  सुई, रगत लतपतिएका कपडाबाट संक्रमण फैलाउने जीवाणुहरू हुने भएकाले त्यसको व्यवस्थापनका लागि अस्पतालमा परियोजना सञ्चालन गर्न लागिएको क्वले जनाएको छ । अस्पतालको फोहोरको उचित व्यवस्थापन नहुँदा अस्पतालमा आउने बिरामी, कुरुवा र अस्पताल वरपरका बासिन्दालाई समेत जोखिम हुने  भएकाले परियोजनामार्फत अस्पतालको फोहोरलाई वैज्ञानिक ढंगले निरुत्साहित र विसर्जन गर्न लागिएको क्लवले जनाएको छ । यो परियोजना पूर्ण रूपमा कार्यान्वयनमा आएमा विभिन्न किसिमका संक्रमणमा कमी हुने विश्वास गरिएको छ ।  अस्पतालजन्य फोहोरको सही व्यवस्थापनले विभिन्न किसिमका  जोखिम तथा विभिन्न समस्याहरुलाई घटाउँछ । वातावरणीय सुरक्षाः फोहोरलाई खुला ठाउँमा फाल्नु वा जलाउनुको सट्टा आधुनिक प्रविधिबाट प्रशोधन गर्दा जल, जमिन र वायु प्रदूषण कम हुन्छ । अस्पतालको छविः सफा र स्वच्छ अस्पतालले बिरामीको उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्छ र अस्पतालको गुणस्तर वृद्धि गर्छ । परियोजनाको कूल लागतमध्ये ७५ प्रतिशत रकम ७५ हजार डलर अन्तर्राष्ट्रिय लायन्स क्लबले बेहोर्नेछ भने बाँकी २५ प्रतिशत रकम पाल्पा अस्पतालले ‘म्याचिङ फण्ड’ का रूपमा उपलब्ध गराउनुपर्ने लायन्स क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक सिनियर एडभाईजर प्रदिप कुमार उदयले बताए । अस्पताल प्रशासन तथा  विकास समितिले जिल्लाका १४ वटा लायन्स क्लबहरूसँग गरेको छलफलमा लायनकर्मीहरूले अस्पतालको पूर्वाधार विकासमा ठूलो लगानी गर्न तयार रहेको बताएका छन् । लायन्सकर्मीहरु गंगा बहादुर खत्री, हरि रायमाझी,शुसिल प्रधान, त्रिलोचन पौडेल, राजेन्द्र लिगल, भिमसेन कार्की, सकुन्तला बज्राचार्य, सागर महर्जन, दिपक घिमिरे लगायतले  अस्पतालको लागि स –साना टुक्रे सहयोगभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने बहुउद्देश्यीय भवनको  निश्चित विभाग निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

अस्पताल प्रशासन तथा विकास समितिले ठोस योजना र प्रस्ताव लायन्स क्लवहरुलाई पेश गर्न र जिल्लाका सबै लायन्सकर्मीहरुबिच बृहत छलफल कार्यक्रम राख्न लायन्सकर्मीहरुले सुझाव दिए । लायन्सले गरेको सहयोग सर्वसाधारणले प्रत्यक्ष महसुस गर्ने खालको हुने उनीहरुले जोड दिए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको बहुउद्देश्यीय बहुतले भवन निर्माण गरी अत्याधुनिक उपचार सेवा प्रदान गर्नको लागि डिपिआर निर्माणको तयारी भईरहेको बताए । डिपिआर निर्माण भएपछि लायन्स क्लवसँंग पुर्वाधार तथा मेडिकल उपकरणको लागि ठोस प्रस्ताव समेत पेश गरिने, सबैको सहयोगबाट अस्पताललाई ३ बर्ष नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउन, गरिवहरुको लागि  निशुल्क औषधी उपचार सुविधा पाउने राम्रो बनाउन सबै पक्षसँग सहयोगको लागि अपिल गर्ने  समिती अध्यक्ष कर्माचार्यले जोड दिए । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र पौडेलले अस्पतालमा हाल ५ जना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेको, फागुन मसान्त देखी अस्पतालमा अप्रेसन सेवा शुरु हुने बताए । अस्पतालमा अप्रेसन सेवा शुरु भएपछि खाली रहेको अन्य विशेषज्ञ चिकित्सकहरु पनि पाल्पा अस्पतालमा सेवा गर्न आउने, विरामीले सस्तोमा गुणस्तरीय उपचार सेवा पाउने उनले बताए । अस्पतालमा हाजजोर्नी, छाला, स्त्रिरोग, दाँत, आखा, फिजियो, विशेषज्ञ सेवा सहित आधुनिक एक्सेरे मेशिन, भिडियो एक्सरे देखी कल्चर ल्याव, फार्मेसी सेवा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update