Shittalpati
पाल्पाका शिव मन्दिरमा भक्तजनहरुको भिडभाड  

पाल्पा,हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्न भक्तजनहरु जुटेका छन् । हिन्दुधर्ममा  देवताका देवता  महादेवको  रुपमा भगवान शिव लाई पुजाआजा भजन कृर्तन गर्ने परम्परा रहेको छ । भगवान शिवको पुजा पाठ गर्न भजन कृर्तनको लागि विहानै देखी भक्तजनहरु पाल्पाका शिवमन्दिरहरुमा पुगेका छन् । भगवान शिवजीको उत्पत्ति भएको दिनकोरुपमा  हिन्दुहरुले महा शिवरात्री पर्व मान्दै आएको पौराणिक कथन रहेको पाईन्छ ।  

पाल्पा मा दोभान सिद्धवावा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम रिव्दीकोटको जलेश्वर, तानसेनको ठुटेपिपल वद्रेश्वर शिवालय, बतासेडाँडा, देउराली, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायत जिल्लाका सबै  शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको छ । शिव मन्दिरहरुमा भण्डारा लगाउने, दान दक्षिणा गर्ने भजन कृर्तन, पुजा पाठ गर्ने प्रचलन रहदै आएको छ । शिवरात्रीको दिनमा भगवान शिवको पुजाआजा भजनकिर्तन गर्ने, उपवास बसेमा मनको कामना पुुरा हुने जनविश्वास रहदै आएको छ ।  भगवान शिवलाई वेलपत्र, भिष भाङ धतुरो चढाउने परम्परमा पनि रहदै आएको छ । शिव मन्दिरमा १०८ शिव लिंङ्ख सहितमा दुध तथा  जलले जलधारा गर्ने, शिवको बाहान साढे सहित पुजाआजा गर्नाले अन्जानमा गरेका पापहरु मोक्ष हुने, शिवको बासस्थान कैलाशपर्वमा बास हुने शिव पुराणमा उल्लेख गरिएको छ ।  

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update