Shittalpati
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी

गुल्मी,नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निर्माण भएको तीन मुखेपुल आफ्नो पहलमा निर्माण भएको बताएका छन्। उनले गुल्मी क्षेत्र – १  चन्द्रकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेता भण्डारीले भने “सेल्फी खिच्नेहरुको भीड देख्छु, सामाजिक सञ्जालमा पवित्र धार्मिक स्थल रिडीको तीनमुखे पुलमा बनाइएका टिकटक हेर्छु,भाईरल भएको देख्दा मनमा आनन्दको अनुभूति हुन्छ, रिडीको भाईरल पुलले जसरी सबैति  खुसी छाएको छ त्यसै गरी काँग्रेसलाई मदतान गरेर खुसी ल्याउन सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई म आग्रह गर्दछु  ।” यही भाइरल पुलकै कारण अहिले मतदातामा खुसी छाएको समेत उनले बताए ।  नेता भण्डारीले हाँस्दै भने“ मेरो पहलमा निर्माण भएको तीनमुखे रिडीको पुलमा टिकटक बनाउने सबै युवालाई भन्दिनुस् , यहाँका युवाहरुले बुझ्छन्, हामीले यो अवधिमा यस क्षेत्रमा गरेका विकासका कामको प्रचार गर्दिनु, त्यति भयो भने, युवाहरुले बल्ल बुझ्दै जाने छन् ।” उनले काँग्रेसले गरेका कामलाई भजाएर भोट माग्न आउने अनि जितेपछि सिन्को पनि नभाच्ने र नयाँका नाममा अपरिपक्ता रहेकाहरुलाई विश्वास गर्न नहुने भन्दै अब रुपान्तरित काँग्रेसले बाहेक अरुले यो मुलुक चलाउन नसक्ने दावी गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update