Shittalpati
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं

भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिनाको तेस्रो हप्ता पुग्दै गर्दा  चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ । चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया र टाउको र छाती दुख्ने समस्या देखिन्छ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग तथा योनीमा फोहर जम्ने र कापमा संक्रमण हुन सक्छ ।

जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले जाडो शत्रुबराबर हुन्छ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्यरुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामाफोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)काकारणले हुने गर्छ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछिफोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । यसरी निमोनिया संक्रमण भएरत्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिनथाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ । निमोनिया लगाउनेकिटाणुहरु संक्रमण गराउने खालका हुन्छन् । यस अर्थमा निमोनिया पनि एउटा व्यक्तिबाट अर्कोव्यक्तिमा सर्न सक्छ । निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसकोमुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलैसंक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुकोसम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ । नेपालमा जाडो सुरु भएपछि पाँच वर्षमुनिकाबालबालिकामा निमोनियाको संक्रमण बर्सेनि अलि बढी हुने गरेको छ ।

निमोनियाबाट बचाउनका लागि बालबालिका खोप लगाउनुपर्छ, पोषणयुक्त खुराक पर्याप्त दिनुपर्छ र चिसोमा निक्लिन दिनु हुन्न । यसर्थ चिसोमा निमोनिया हुन सक्ने भएकाले बालबच्चादेखि वृद्धवृद्धाहरुलाई चिसोबाट बचाउने कुरा ख्याल गरौं ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update