Shittalpati
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण

पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले तानसेन नगरपालिका –१  भुसालडाँडा माध्यमिक विद्यालयमा “गो ग्रीन” अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विद्यार्थीहरुसँग प्यानल छलफल तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।    

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बालबालिका तथा विद्यार्थीहरुबिच वातावरण संरक्षण, महत्व, तथा गर्नुपर्ने क्रियाकलापको बारेमा जानकारी तथा सचेतना फैलाएर लायन्स क्लब अफ पाल्पा प्राइडले राम्रो काम गरेको बताए । यस्ता बहस, छलफल कार्यक्रमहरु अन्य क्षेत्रमा पनि गर्दै जानुपर्नेमा उनले जोड दिए ।

 कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका बरिष्ठ अधिकृत खिलबहादुर तामाङ्गले जलवायु परिवर्तनको कारण मानवीय जीवन संकटमा पर्दै गएकाले भावी पुस्तालाई वातावरणको विषयमा जानकारी गराउनु, ध्यानार्कषण गर्नु, वातावरको महत्व बारेमा प्रष्टाउनु राम्रो काम भएको बताए । कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ, तथा फोहोर व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग विद्यार्थीहरूले अन्तक्र्रिया गरेका थिए । वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले  गरिएको कार्यक्रमले सरोकारवाला, विद्यार्थी तथा समुदायबिच समन्वयात्मक प्रयासलाई बल दिएको छ ।  कार्यक्रमले वातावरण जोगाउनु, हामी सबैको साझा जिम्मेवारी भन्ने मूलमन्त्रलाई झकझकाएको छ । कार्यक्रममा जीएटी लिडर लायन सुशील प्रधान, तानसेन नगरपालिका– १ का वडाध्यक्ष सुनिल बस्याल, वडा नंं. ६ का वडाध्यक्ष  सागरमान महर्जन, एरिया २ की एरिया प्रमुख  गंगा खत्री, साथै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का विभिन्न जिल्ला सल्लाहकारहरुको सहभागिता रहेको थियो । लायन्स क्लव अफ पाल्पा प्राइडकी अध्यक्ष एञ्जिना खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव  कला दाहालले गरेकी थिईन ।  

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update