
मन गहिरे
पाल्पा, तानसेनमा सञ्चालित नगरस्तरीय छात्रा भलिबल प्रतियोगितामा सेन मावि प्रथम भएको छ । मोहन कन्या मा.वि हिरक महोत्सवको अवसरमा सञ्चालन गरेको प्रतियोगितामा सेन माविका क्रिस्टिना राना, रिना राना ,सोफिया खत्री, बिन्दु पुन, पुष्टि सुनार मधु श्रीस ,नीतिशा खत्रीको समूह प्रथम भएको हो ।
प्रतियोगितामा देववाणी मावि दोस्रो भएको छ । देववाणीका अनुभूति दर्लामी, अपेक्षा थापा ,पूर्णिमा श्रेष्ठ, क्रिस्टिना दर्लामी,सृष्टि बुढाथोकी, प्रियंका सारु, मेलिना सारु, सुमिना गाहको समूह द्वितीय भएको हो । यस्तै जनता मावि तृतिय हुन सफल भएको छ । जनता माविका क्रिस्टिना खत्री, दीक्षान्त सोमै, अनुष्का गाह थुमकुमारी कुमाई, सेलिजा बुढाथोकी, गङ्गा थापा, आशिका थापा, थुम कुमारी कुमाई,सेलिजा बुढाथोकी, गङ्गा थापा,आशिका थापा ,सुस्मिता जिसीको समुह तृतिय भएको हो ।
प्रतियोतिामा प्रथम हुनेले नगद ८ हजार, ट्रफी ,प्रमाणपत्र र मेडल, ह द्वितीय हुनेले ५ हजार ,ट्रफि, मेडल, प्रमाणपत्र र तृतिय हुनेले ३ हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सेन मावि की रिना रानाले उत्कृष्ट खेलाडीको उपाधी पाउन सफल भएकी छन् । उनलाई नगद एक हजार, मेडल, ट्रफि र प्रमाणपत्रले सम्मानित गरिएको छ । खेल तीन दिनसम्म चलेको थियो । जहाँ नगरपालिका भित्रका १३ वटा विद्यालयका छात्राहरु सहभागी भएका थिए ।
प्रतियोगिताको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिञ्जालीले एक औपचारिक कार्यक्रमकाबिच समापन गरेकी हुन् । खेलको समापन गर्दै उनले छात्राहरुको बीचमा गरिएको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक मानसिक बौद्धिक साथै सर्वाङ्गीण विकास हुने विश्वास व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले छात्रहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै मोहन कन्या मावि महिलाहरूको नेतृत्व गर्दै राष्ट्रिय स्तरमै पहिचान बढाउँदै जाने बताए । प्रअ दिपक ज्ञवालीले २००७ सालमा स्थापित मोहन कन्या माविको हिरक महोत्सव पारेर विविध कार्यक्रमहरू गर्दै आएको बताए । खेलकुद समितिका संयोजक मिलन थापाको संयोजकत्व खेल भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, प्रअ दिपक ज्ञावलीको स्वागत, सहायक प्रअ रिना श्रेष्ठको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।