Shittalpati
ट्यारोट कार्डको विकासक्रम : खेलदेखि आत्मज्ञानको साधनसम्म

ट्यारोट कार्डलाई आजको युगमा धेरैले भविष्यवाणी, आत्मचिन्तन, र मानसिक मार्गदर्शनको शक्तिशाली माध्यमको रूपमा बुझ्दछन् । तर यसको उत्पत्ति भविष्य जान्ने उपकरणको रूपमा नभई साधारण खेलको कार्डको रूपमा भएको हो । इतिहासमा ट्यारोटको यात्रा विभिन्न संस्कृतिहरू, धार्मिक धारणाहरू र प्रतिकहरूको प्रभावमा परेर क्रमिक रूपमा आध्यात्मिक साधनको रूपमा रूपान्तरण भएको देखिन्छ ।

प्रारम्भ : चीनमा जन्मिएको पहिलो कार्ड प्रणाली : ट्यारोटको सबैभन्दा पुरानो रूप चीनको ताङ वंश (६१८–९०७ ई.स.) को समयमा देखा परेको थियो । यस समयको चिनियाँ सभ्यता बौद्ध धर्म, कला, साहित्य र व्यापारमा अत्यन्त समृद्ध मानिन्थ्यो । त्यतिबेला प्रयोगमा रहेका कार्डहरू, जस्तै ‘वाइन कार्ड’ वा ‘मदिरा कार्डहरू,’ मा कविता, देवता, र सांस्कृतिक प्रतिकहरू पाइन्थे । यी कार्डहरू मनोरञ्जनको लागि खेलिन्थे, जसमा भविष्यवाणीको कुनै आशय थिएन । 

१४ औं शताब्दीको अन्त्यतिर युरोप प्रवेश : ट्यारोट कार्ड भारत हुँदै युरोपमा १४ औं शताब्दीमा मध्यपूर्व वा मुगल साम्राज्यबाट  प्रवेश गर्‍यो भन्ने मानिन्छ । प्रारम्भमा यी कार्डहरूलाई ‘Mamluk Card’ भनिन्थ्यो र खेल खेल्नकै लागि प्रयोग गरिन्थ्यो । १५ औं शताब्दीमा, इटालीका उच्च वर्गीय परिवारहरू बीच ‘Trionfi -triumph cards’ नामक विशिष्ट कार्डहरू विकास भए । यसमा २२ वटा अतिरिक्त चित्रित कार्ड  (अर्काना) थपिए, जसले आजको : Major Arcana को रूप लिएको छ ।

Tarot-cary-collection-ita-sheet-3s-c1500.-1749103159.jpg
प्रिन्टिङ युग र धार्मिक प्रतिबन्ध : १६ औं शताब्दीमा छापाखानाको विकाससँगै ट्यारोट कार्ड व्यापक रूपमा प्रिन्ट हुन थाल्यो । फ्लोरेन्स, फ्रान्स र स्पेनमा यसको लोकप्रियता बढ्यो । तर, १७ औं शताब्दीमा धार्मिक संस्था—विशेषगरी क्याथोलिक चर्चले केही कार्डहरूलाई अपवित्र मान्दै निषेध गर्‍यो । फिमेल पोप–पोपेस  (Female Pope -Papess) कार्डलाई हटाइयो वा रूपान्तरण गरियो ।

भविष्यवाणीको प्रयोगः पहिलोपटक १७८१ मा फ्रेन्च विद्वान एंटोनी कोर्ट द गेब्लिनले ट्यारोटलाई इजिप्टियन रहस्यशास्त्रसँग जोड्दै भविष्यवाणीको उपकरणको रूपमा प्रयोग गरे । यसले ‘ट्यारोट अफ मार्से  (Tarot de Marseille)’  लाई लोकप्रिय बनायो, जसमा इजिप्ट, काब्बाला र ज्योतिषको प्रभाव देखिन्छ । 

Tarot-de-Marseille-by-Camoin-&-Jodorowsky-1749103267.jpg
आध्यात्मिकता र मनोविज्ञानसँगको सम्बन्ध : एलिफास लेवी, पापस, र अर्थर एडवर्ड वेटजस्ता रहस्यवादीहरूले ट्यारोटलाई कब्बालाह र ज्योतिषीय तत्वहरूसँग मिलाएर पुनःव्याख्या गरे । १९०९ मा पामेला कोलम्यान स्मिथले डिजाईन गरेको Rider–Waite–Smith डेक सबैभन्दा लोकप्रिय र हालसम्म पनि प्रयोग हुने ट्यारोट डेक बन्यो/कार्ल युङले ट्यारोटलाई “आर्केटाइप्स” (मानव मानसका मौलिक रूपहरू) को रूपमा व्याख्या गरे, जसले मनोवैज्ञानिक प्रयोगको बाटो खोल्यो ।

il_fullxfull.4120068865_s73p-1749103387.webp
 

91B2GtioOEL-1749103623.jpg
ट्यारोट कार्डको इतिहास केवल कार्डको विकास नभएर मानव समाजको आध्यात्मिक, सांस्कृतिक र मनोवैज्ञानिक विकासको कथा हो । खेलको साधनबाट सुरु भइ आत्मज्ञानको उपकरणमा रूपान्तरण भएको ट्यारोट, आज पनि मानिसहरूको जीवनमा आन्तरिक शान्ति, मार्गदर्शन र गहिरो आत्मचिन्तन ल्याउन उपयोगी साबित भइरहेको छ ।
(लेखक ट्यारोट कार्ड रिडर, शिक्षिका, अनुसन्धानकर्ता तथा Soulful Insight with Seema Pvt.Ltd. की CEO हुन् । उनी आत्मचिन्तन, अन्र्तज्ञान र व्यक्तिगत विकासका क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकी छन् ।)

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update