Shittalpati
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । आज दिउँसो  माथागढी –४ झडेवास्थित जङ्गलको खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् ।

सार्की ५ दिन अघि आफन्तको घरमा गएको र मंगलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म पनि घरमा नगएपछि परिवारले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा बुधबार दिउँसो जङ्गलमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ  । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update