युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता घटनाले प्रभाव पारिहरेका छन् । महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व नै प्रभावित भएको पाइन्छ । धेरैले भनेको सुन्छौ, नेपाल लगायत धेरै देशका कानुन महिला अधिकारवादी भए तर त्यसमा पनि भनिने र सुनिने जस्तो सबै सत्य र असत्य पनि होइनन् । हामीले निर्माण गरेका कानुनको परिपालनामा हाम्रो कति ध्यान गएको छ ? यो प्रश्नको उत्तर हामीले खोज्यौ कि खोजेनौ भन्ने सवाल महत्वपूर्ण सवाल हो भन्ने लाग्छ ।
स–साना र अल्पविकसित मुलुकका गाउँ अनि दूरदरारमा हुने गरेका लाखौं लाख यस्ता खालका घटनाहरु स्थानीय र पारिवारिक रुपमै समाधान भएका उदारहणसँगै त्यतिकै संख्यामा यस्ता घटनाले जन्मन नपाउँदै इज्जत र शान औकतका नाममा मेलमिलाप गरेर दंमपच बनाइका यस्ता धेरै यथार्थ घटनाहरु भित्रभित्रै सेलाएर पनि गएका छन् । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखान भित्रको सहस्यलाई बुझ्नै नपाई दबाइएका घटनाले मानसिक रुपमा हिंसाको दायरालाई समाजका भित्री अवयवहरुका स–साना प्वालबाट हेरिरहदासम्म पनि हाम्रो परम्परागत समाजले सुधारको बाटो पहिल्याउँन नसक्नु आफैमा अत्यन्तै दुःखद् पक्ष हो ।
राजीखुसी, मन र मतलब मिल्दा सम्म ठीक अनि नमिले पछि अपराध भन्ने सोंच र कुनै पुरुषका जीवनभरको मेहनतलाई गलत नियतका साथ लगाईने आरोपहरुले एउटा पुरुषको भविश्य नै अन्धकारमा पर्छ भने त्यहाँ पुरुष हिंसा भयो भनेर भन्नेहरु पनि कम हुँदैनन् । जे होस् जहाँ जसरी पनि सबै खाले हिंसाको अन्त्यका लागि हामी र हाम्रो समाज शिक्षित र सभ्य नबन्दासम्म केही हुँदैन । शिक्षित सभ्य बन्ने नाममा पाखण्डी र मतलबीपन भने हुनुहुँदैन । नेपाली समाजमा हुने गरेका लाखौ यस्ता हिंसाका घटनाहरु मध्ये केही घटना मात्रै बाहिर आउँछन्, अनि त्यसमध्ये पनि कमै घटनाले यथार्थ र सत्य न्याय निरुपण गर्ने अवसर प्राप्त गर्दछन् । त्यसकारण हिंसालाई लिङ्ग, धर्म अनि जातसँग भन्दा पनि शारीरिर, मानसिक, यौनिक कुन हिंसाबाट कति मात्रामा कुन पक्षको कमजोरीका कारण समस्या आउने गरेका हुन् भन्ने विषयमा चिन्तन गर्नुपर्ने हुन्छ तर, त्यसो भएन कि भन्ने पनि वहसकै विषय बनिरहेका छन् ।