Shittalpati
स्याङ्जामा चक्कु प्रहारबाट युवकको मृत्यु

पाल्पा, स्याङ्जाको वालिङ नगरपालिका –१३ बायांटारीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।  दाङका २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको हो । 

बायांटारीस्थित मुक्ति सारूको घरमा डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका –३ का ३५ वर्षीय निमबहादुर घर्तीमगरले सोही घरमा डेरा गरी बस्ने चौधरीलाई चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चक्कु प्रहार गर्ने घर्तीमगर प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update