Shittalpati
तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला

पाल्पा, नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाको जिल्ला भेला तानसेनमा भएको छ । परिषद्लाई थप प्रभावकारी र सशक्त बनाएर लैजान परिषद्ले भेला आयोजना गरेको हो ।

 भेलामा परिषदका जिल्ला अध्यक्ष श्रीधर प्रसाद पाण्डेले गत बर्षको आन्दोलन उपलब्धिका रूपमा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० संसदबाट प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगी छलफलमा रहेको बताए ।

कार्यक्रममा सरकारले विद्यालय कर्मचारीहरुसँग गरेका सहमतिहरु पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने अन्यथा कर्मचारीहरु पुनः आन्दोलनम उत्रिने अध्यक्ष पाण्डेले जोड दिए ।  जिल्ला अध्यक्ष पाण्डेले परिषदले गरेका वार्षिक गतिविधिहरु प्रस्तुत गरेका थिए ।

भेलामा परिषदका जिल्ला सदस्यहरु कमल ज्ञवाली र कमल पल्लीले विद्यालय कर्मचारीहरुका मागहरु पुरा नहुँदासम्म संस्थाले निरन्तर दवावमुलक अभियानहरु सञ्चालन गरिरहनु पर्नेमा जोड दिएका थिए । भेलामा जिल्लाका १० वटै पालिकाकाबाट सहभागी परिषद्का पालिका अध्यक्षहरुले आ–आफ्नो क्षेत्रमा भएका गतिविधीहरु जानकारी गराएका थिए । भेलामा शुभकामना सन्देश पठाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा लामो समयदेखी काम गर्दै आएका कर्मचारीहरु माथि सरकारले विभेद, अन्याय, अत्याचार, शोषण गरेकाले  न्यायिक अधिकारको लागि संस्था सधै सक्रिय भएर लागेको जनाएका छन् । 

पाल्पामा ५ सय १६ जना विद्यालय कर्मचारीहरुले काम गर्दै आएका छन् । सरकारले माध्यमिक विद्यालयलमा एक जना लेखापाल, कार्यालय सहयोगी, आधारभुत र प्राथमिक तहमा एक जना कार्यालय सहयोगीको रुपमा कर्मचारी राख्ने व्यवस्था रहेको छ । परिषदका जिल्ला अध्यक्ष श्रीधर प्रसाद पाण्डेको अध्यक्षता जिल्ला सचिव युवराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको थिए ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update