Shittalpati
गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता

गुल्मी, नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।

उसले केन्द्र, प्रदेश र जिल्लाका शुभेच्छुक पार्टीका उच्च पदस्थ व्यक्तिहरुको सहभागीतामा आफ्ना गतिविधिहरुलाई सक्रियताका साथ अगाडि बढाएको छ । गाउँ/वडा तहमा रहेका संगठनलाई चलायमान बनाई महासंघलाई थप बलियो र मजबूद बनाएर लैजाने कार्यक्रमा महासंघ लागि परेको  छ । उसले जिल्लाका सबै तहका अधिवेशनहरु सकिसकेको  छ ।

महासंघका गतिविधिका कारण पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनले पार्टी र महासंघको बिचमा सुमधुर सम्बन्ध रहेको भन्दै महासंघ बलियो हुँदा पार्टी संगठन समेत बलियो बन्ने विश्वास व्यक्त गरे ।

सभापति पन्थीले भने ‘अहिले संक्रमणकालिन र नयाँ बाटो दुवै लिन लागेको अवस्था हो । यस्तो अवस्थामा उपलब्धी कायम राख्नुपर्छ, त्यसका लागि नेतृत्वमा रहेका साथीहरु चनाखो बन्न जरुरी छ ।’  भातृ संस्थामा आवद्ध सदस्यहरुको अधिकार सुनिश्चत गर्ने दिशामा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्ने समेत सभापति पन्थीले बताए ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले पछिल्लो समय महासंघले देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । उनले आगामी दिनमा समेत संगठनका गतिविधिहरुलाई चलायमान बनाउँदै लैजान नेतृत्वलाई आग्रह गरे ।  

काँग्रेस प्रदेश सदस्य छन्द पहराईले महासंघ गुल्मीले वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला छोटो समयमै अधिवेशन गराउन सफल भएकोमा  खुसी व्यक्त गरे । महासंघका केन्द्रीय सदस्य श्रीप्रसाद भलामीले गुल्मी जिल्लामा भएको सांगठनिक प्रगति जिल्लाका लागि अनुकरणीय भएको बताउँदै यसले नेपाली काँग्रेसका हरेक तहलाई मजबुत बनाउने धारणा व्यक्त गरे । नेपाली काँग्रेस गुल्मीका सचिव तथा संगठन विभाग प्रमुख जगदीश भट्टराईले महासंघका हरेक गतिवधिहरु पार्टी संगठनका लागि महत्वपुर्ण र उर्जा भएको बताउँदै काँग्रेसका सबै भातृ संस्थाहरु यसरी नै सक्रिय हँुदै जाने हो भने काँग्रेस संगठनका हिसावले अब्बल बन्दै जाने बताए ।

यस्तै महासंघको प्रथम जिल्ला अधिवेशनले विक्रम गुरुङ्गको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा बुुद्धि बलाल, रेनुका सारु, सचिवमा आशिष गुरुङ्ग, कृष्णबहादुर लदर्लामी, कोषाध्यक्षमा सावित्री श्रेष्ठ, सह–सचिवमा ईन्द्रबहादुर डम्वर पुन र रुद्रबहादुर पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पदम घर्ती मगर, ओमबहादुर ढेंगा, दुर्गा भण्डारी मगर, अमरबहादुर थापा, पार्वती सुनारी, कर्णबहादुर सिंजाली, पुरन कुमार गुरुङ्ग, राजु बलाल, हिमबहादुर सिंजाली, हिमकला घर्ती, माया गुरुङ्ग, हुमकला सारु, सपना पचभैया सर्व सम्मत निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update