Shittalpati
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन टेष्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिष्णुपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय अरूण यादवको घटनास्थलमै मृत्यु भएको हो । यस्तै कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ । से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय बासुदेव खरेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 यस्तै करेन्ट लागेर एक जनाको मृत्यु  भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकु बस्ने २६ वर्षीय काली प्रसाद उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो । ‘लामो समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ’, उनले भने ‘हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।’ गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापन लगायत संरचनामा अहिलेसम्म १८ लाख लगानी पुगेको सुनाए । उनले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताए । ‘हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्’, उनले भने, ‘आगामी तीन वर्षमा शतप्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ ।’ गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गरे । ‘स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ’, उनले भने, ‘स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अल्लि ढिला भयो ।’ अहिले व्यवसाय राम्रो हुँदै गएको उनले बताए । ‘उत्पादन गर्न सके बजार पनि राम्रो छ’, गुरुङले भने ‘प्रतिकिलो नौ सय ५० मा वालिङ बजारमै काटेको मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन ।’ खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उनले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताए । गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताए । जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रम अन्तर्गत एक लाख ५० हजार र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३३ हजार अनुदान दिएको उनले सुनाए । गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछि गाउँलेहरू र विभिन्न सामाजिक व्यक्तित्वले व्यवसायलाई थप विस्तार तथा व्यवस्थित गराउन सुझाव दिने गरेको उनले बताए । उनले चरन क्षेत्रको पनि राम्रो सुविधा भएको बताए । ‘बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकियो भने उत्पादन लागत मूल्य घट्न जान्छ’, गुरुङले भने, ‘मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।’ उनले करिब चार सय बोट सुन्तला पनि लगाएका छन् । उनका सुन्तला बगैँचामा केहीले उत्पादन दिएका छ भने केहीले निकट भविष्यमै उत्पादन दिने बताए । गुरुङ बिहान ४ः३० देखि साँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटिने गर्छन् । उनको कामलाई श्रीमती भीमकुमारी गुरुङले पनि राम्रो साथ दिँदै आएकी छन् । उनका एक छोरी पनि छन् । गुरुङलाई १८ वर्ष विदेश बसेकामा पछुतो छ । उनले विदेशको श्रम स्वदेशमा गर्ने हो भने विदेशभन्दा राम्रो कमाई गर्न सकिने अनुभव सुनाए । गुरुङले आफूले गर्ने कामको प्राविधिक ज्ञान लिएर निरन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले कृषकलाई आधुनिक प्रविधिसहितका तालिमको व्यवस्था निरन्तर गरिदिन सरोकारवालासँग आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update