Shittalpati
वन्यजन्तु संरक्षणमा सबै जुटौँ

पछिल्लो केही समय यता वन्यजन्तुु लोप हुुुँदै गएका छन् ।  तिव्र मानव विकाससँगै तिनीहरु लोपउन्मुख अवस्थामा पुगेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ । जसले गर्दा वन्यजन्तुलाई ठूलो हानी हुने गरेको छ । त्यत्ति मात्र होइन मानिसले वन्यजन्तुको सिकार गरेका कारण पनि अहिले वन्यजन्तु लोप हुँदै गएका छन् । वास्तवमा वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षण गर्नु आवश्यक छ ।

वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण पनि अहिले जंगली जनावरसमेत गाउँ घर पसेर नोक्सान गर्न थालेका छन् । मानिसले जनावारका बासस्थानको हानिनोक्सानी नगरी उनीहरुलाई सुुरक्षित तरिकाले बाच्न पाउने अधिकारको सुुनिश्चत गर्न आवश्यक छ । संरक्षित वन्यजन्तुको लागि नागरिकस्तरबाटै ध्यान दिनुुपर्छ । वन्यजन्तु संरक्षण अहिले निकै जटिल विषय बन्दै गएको छ । वन्यजन्तुहरुको संरक्षणलाई लिएर हुनुपर्ने सहकार्य, समन्वय र सहअस्तित्वको अभावले जीवजन्तुहरुको अस्तित्वमा ठूलो चुनौतीसमेत थपिरहेको छ । नेपालमा निरन्तर जीवजनावरहरुको चोरीसिकारी, पैठारीजस्ता कार्यहरुमा सोचेको अनुपातमा नियन्त्रण हुन सकिएको छैन । त्यस्ता कार्यहरुमा तस्करहरुको संलग्नताले कयौँ दुर्लभ जनावरहरु समेत लोप हुने अवस्थामा पुगेका छन् । जीवजन्तुहरु पर्यटकीय आकर्षणका केन्द्रविन्दु समेत हुन्, जसको उचित संरक्षणले पर्याप्त मात्रामा विदेशी मुद्राको सञ्चितिलाई बढाउन सकिन्छ ।

विश्वमा पाइने सम्पूर्ण जंगली जनावर र रुख–बिरुवाहरुबारे सचेतना जगाउन र तिनको संरक्षण सम्वद्र्धन गर्न हरेक वर्ष विश्व समुदायले मार्च–३ तारिखका दिनलाई विश्व वन्यजन्तु दिवस मनाउँछ । आज  विविध कार्यक्रमहरु गरी यो दिवस मनाइँदै छ । तर दिवसले सार्थकता  पाउन भने सकेको छैन् । दिवसका दिन वन्यजन्तुहरुको अवस्था के कस्तो छ, वन्यजन्तु ऐन तथा तिनीहरुको कार्यान्वयनको स्थिति कत्तिको भरपर्दो र विश्वसनीय छ भन्ने बारेमा व्यापक बहस हुन नसक्नुु विडम्वनाको कुरा हो । वन्यजन्तु संरक्षणले पर्या–पर्यटनको विकासमा समेत ठोस योगदान पु¥याउने कुरालाई कसैले पनि भुल्न हुँदैन । विश्वमै सबैभन्दा बढी सिकारको पीडा भोगिरहेका वन्यजन्तु प्रकृतिका लागि मात्रै नभएर मानवका निम्ति समेत हितकर छन् । यसर्थ प्राणी र रुखबिरूवाहरुको अवस्थितिले मात्र पनि इकोसिस्टम गतिशील हुने हुनाले तिनीहरुको संरक्षण र संवद्र्धनमा सबै जुट्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update