Shittalpati
परिवर्तनको अनुभूति हुनुपर्छ

नेपाली राजनैतिक वृतमा अहिले व्यापक अराजकता मौलाएको अवस्था छ । पुराना दलका नेताहरुका कारण समस्याहरु उत्पन्न भएको आरोप लगाई रहदा आफु र आफ्नो पुस्ता कसरी असल बन्ने भन्ने विषयमा धेरैले ध्यान दिन सकेका छैनन् । आत्मरतीका कारण पनि यी र यस्ता समस्याहरु सिर्जना भएका हुन् । मौलाएको अनियमितता अनि बहुलवादी जनतन्त्रमा अभिप्रेरित हाम्रो समाजले गर्ने हरेक क्रियाकलापमा राजनैतिक चरित्रमा भएको बेइमानीका करणका कारण पनि समस्याहरु बढ्दै गएका हुन् । हाम्रो समाज अत्यान्तै बहुलवादी आचारणका कारण नयाँ रुपान्तरणका लागि देखिएका अनायास प्रयासहरु विकासशील देशबाट आयतित गरिएका कारण पनि देश र हाम्रो भेष अनुकुल भएन कि भन्ने चिन्ता र चासो सबैमा व्याप्त छ । चिन्ता र चासोले मात्रै पनि समस्याको समाधान गर्न सक्दैन भन्ने कुरामा हामी विश्वस्त हुनुपर्ने देखिन्छ ।

मुलुकले नयाँ रोडम्याप बनाएर अगाडि नबढ्ने हो भने देश र जनताका समस्या सम्वोधन हुने अवस्था छैन । त्यस कारण हामी र हाम्रा राजनैतिक चरित्र भएका दलहरुले आफु र आफ्ना नीति र कार्ययोजनामा व्यापक सुधार गर्ने बाहेक केही पनि हुन सक्दैन । लाज बचाउने काम मात्रैले देश चल्दैन, मुलुक विकासको गतिमा अगाडि बढ्न सक्दैन, केही गर्न र हुनका लागि हामी र हाम्रा कार्यशैलीहरुले नयाँ युगका आवश्यकतालाई परिपूर्र्ति गर्न सक्नुपर्ने हुन्छ । राजनैतिक आचरणका साथै व्यवहार अनि चरित्रमा पनि निखार आउनुपर्ने दिन आएका छन् अहिले । युवा बेरोजगारी अन्त्यका लागि सबैको अर्जुन दृष्टि आवश्यक छ । अनि मात्र मुलुकले परिवर्तन र परिस्कृत भएको अनुभूति गर्न सक्छ । त्यसका लागि इच्छा शक्ति र इमादारिता आवश्यक सुत्र हुन् । अन्यथा खाली बोली र आश्वासनले मात्रै केही पनि हुदैन । अब व्यवहारमै परिवर्तन आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update