Shittalpati
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार

पाल्पा, रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले २०७९ सालको जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” निबन्ध सङ्ग्रहलाई प्रदान गर्ने भएको छ । मोफसलको सबैभन्दा पुरानो पुरस्कार गुठी रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाका अनुसार हरेक दुई/दुई वर्षमा प्रदान गरिँदै आएकोमा २०७९ देखि पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने व्यवस्था मिलाइएको हो । 

माता रत्नकुमारी श्रेष्ठको नाममा २०३३ सालमा गुठी स्थापना गरी २०३४ सालदेखि उत्कृष्ट कृतिलाई पुरस्कार दिने व्यवस्थाको आरम्भ गरिएको यस संस्थाले विभिन्न शीर्षकका पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस वर्ष रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार महावीर पुनको जीवनीमा आधारित कृतिलाई, जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार पाल्पाका चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” कृतिलाई र उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गुरुगणेश विष्णु स्मृति पुरस्कार पर्वत जिल्लाका रामकृष्ण सुवेदीलाई प्रदान गर्ने भएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदान गरिने व्यवस्था रहे पनि यस वर्ष विशेष कारणले केही ढिला हुन गएको पुरस्कार अर्पण कार्यक्रम चैत्र महिनामा सारिएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update