Shittalpati
गायत्री मन्त्रको सार : गायत्री गंगा

ॐभूर्भुव : स्व : तत्सवितुर्वरेण्यं भर्गाे देवस्य धीमहि धियो यो नः
प्रचोदयात
(त्यो प्राणस्वरुप, दुखनाशक, सुखस्वरुप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरुप, परमात्मालाई हामी आफ्नो अन्तर आत्मामा धारण गरांै त्यो परमात्माले हाम्रो बुद्धिलाई सत्यमार्गमा लाग्ने प्रेरणा गरोस्) 
पाल्पा तानसेन कैलासनगर निवासी माता तेजकुमारी श्रेष्ठ र पिता जुठेलाल श्रेष्ठको सुपुत्र अमृतलाल श्रेष्ठको जन्म वि.स १९९८ असार ५गते भएको हो । नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकमा ३० सेवा गरी आठौ तह प्रबन्धकबाट सेवानिवृत हुनु भएका श्रेष्ठज्यू बुटवल उपमहानगरपालिका वडा न. ४ मंगलापथ, रुपन्देहीमा बसोबास गरी विश्व हिन्दु महासंघं रुपन्देहीको सल्लाहकार र गायत्री परिवार (गायत्री मन्दिर) बुटवलको संस्थापक अध्यक्ष भई हाल संरक्षकको रुपमा प्रतिष्ठापित रहनु भएको छ । सेवानिवृत जीवनमा गायत्री मन्त्रवाट प्रभावित भई माता गायत्रीको साधनाद्वारा आफ्नो जीवन रुपान्तरण गर्नु भएका अमृतलाल श्रेष्ठद्वारा लिखित पुस्तकको नाम हो । 

‘गायत्री गंगा’ हिन्दु संस्कृतिमा गायत्री, गाई, गीता र गंगालाई चार माता मानिएको छ । गायत्रीलाई आदि शक्ति माता, गाईलाई कामधेनु माता, गीतालाई सद्ज्ञानी माता र गंगालाई पवित्र जलमाता मानिएको छ । वेदमाता र विश्वमाताको रुपमा मानिएकी गायत्री माता अर्थात गायत्री मन्त्रको महिमालाई सरल र सहज रुपमा व्यापिकरण गर्नाका लागि गायत्री मन्त्रका साधक अमृतलाल श्रेष्ठले कृतिभित्र ४३ वटा शिर्षकमा महत्वपूर्ण लेखहरु सभाविष्ट गर्नु भएको छ । सुन्दर सुखी बन्ने छ जीवन गायत्रीको जप गर, वेदमूर्ति तपोनिष्ट प.श्रीरामशर्मा आचार्यको संक्षिप्त परिचय, गायत्रीका चौविस देवता, गायत्री महाशक्ति, गायत्री मन्त्र ः एक दैवी महाविज्ञान, युग परिवर्तनको आधार विचार क्रान्ति अभियान, संद्बुद्धिकी देवी गायत्री, गायत्री एउटा प्रचण्ड शक्तिको नाम हो । गायत्रीको मुर्तिमान प्रतिमा यज्ञोपवीत र शिखा, गायत्री सार्वभौम मन्त्र हो, गायत्री नै तप हो गायत्री नै योग हो, ब्रÞमब्रÞमी महाशक्ति गायत्री, युगशक्ति गायत्रीको अवतरण अनिवार्य, सर्वश्रेष्ठ आधार गायत्री मन्त्र, गायत्री उपासनाद्व्रारा ऋतम्भरा प्रज्ञाको विकास, गायत्रीबाट पे्ररणा र शिक्षा, गायत्री गाई गीता र गंगा, गायत्री र यज्ञको महिमा,  गायत्री साधनाबाट सफलता, गायत्रीको  एक मुख र पाँचमुख, गायत्री महाशक्तिको महिमा, गायत्री शक्ति के हा, वेदमाता गायत्रीको अनिवार्य अवतरण, गायत्री महामन्त्र मानव कल्याण गर्ने अमृत कुम्भ, गायत्री माता (यज्ञ पिता, गायत्री (अमृत पारस र कल्यवृक्ष, गायत्री उपासना हरेक व्यक्तिको लागि अनिवार्य छ, गायत्री साधनाबाट सिद्धि हिन्दु धर्मको सर्वश्रेष्ठ आधार गायत्री मन्त्र, नारी (स्त्री) हरुको गायत्री अधिकार, नारीहरुका लागि गायत्री साधना, प्राकृतिक पुनरावृति र गायत्री, गायत्री परब्रÞम स्वरुप, गायत्री मन्त्रबाट दुःख निवारण, गायत्री यज्ञ र यसका फाईदा, गायत्री मन्त्रको साधना गर्नाले देखापर्ने मुख्य लक्षणहरु, वेदमाता देवमाता विश्वमाता, युग परिवर्तनमा गायत्रीको महत्व, गायत्री मंत्र जप र यसका फाईदाहरु, गायत्री मन्त्र जपको महिमा शीर्षकमा गायत्रीको सारकेन्द्रित लेखहरु सार्वजनिक गरिएका छन् । उल्लेखित प्रत्येक लेखको शीर्षकलेनै गायत्रीको वैशिष्यता झल्काएको छ र अझ (लेखभित्रको गहिराईमा पुग्ने हो भने गायत्रीको त्यो शक्तिले पाठकलाई परमात्माको सान्निध्यतामै पु¥याएको भान हुन्छ । ज्ञान चार प्रकारको हुन्छ (ऋक, यजु, साम र अथर्व । जस्को आधारमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद बनेको छ । ऋग्वेद भित्र कल्याण र सत्यका तथ्यहरु, यजुर्वेद भित्र पराक्रम र पद प्रतिष्ठाका विषयवस्तुहरु, सामवेदमा मनोरन्जन र तृप्तिहरु तथा अयर्ववेदमा धन वैभव सुख साधनका  सामग्रीहरु पर्दछन् । यी सबै कुराहरु उदाहरण सहित सरल भाषामा कृतिभित्र उल्लेख गरिएको छ । 
    गायत्री मन्त्रमा २४ अक्षरहरु रहेका छन् । गायत्री मन्त्र मन्त्रहरुको राजमन्त्र हो । यो मन्त्रभित्र २४ महान महर्षिहरुको तप शक्ति समाहित छ । गायत्री मन्त्रको २४ अक्षरमा अग्नि, प्रजापति, चन्द्रमा, ईशान, सविता, आद्रित्य, वृहस्पति, मित्रावरुण, विश्वदेवा, मातृकाय, विष्णु, बसु, रुद्र, कुवेर र अश्विनीकुमार गरी २४ देवताहरुको वरदान मिलेको छ । यसरी नै गायत्री मन्त्रभित्र २४ देवीहरुको समेत शक्ति समायोजन भएको छ ।  यसैगरी मन्त्रभित्र २४ मुद्रा, २४ रंग, २४ तत्वको समिश्रण रहेको छ । जस्ले गर्दा मन्त्रोच्चारणको समयमा मानव शरीर भित्रका  २४ ग्रन्थिहरुलाई  भाइबे्रट अर्थात सञ्चालन गरिदिने गदेछन् । अतः गायत्री मन्त्र जप गर्नेले २४ महाशक्तिको साधना गरेको हुन्छ । जसले गर्दा सकारात्मक सोच उत्पन्न हुन गई सत्यम शिवम् सुन्दरमको आगमन हुन्छ । यसैले गायत्रीलाई पाप नाशिनी, दुःख नाशिनी, मोक्षदायनी, कल्याणकारीनी सुख शान्तिदायनी भनिएको हो ।

मातृभाषा नेपाल (नेवार) भएका र लामो समयसम्म राष्ट्रसेवकको रुपमानै उमेर बिताउनुभएका अमृतताल श्रेष्ठले जीवनको उतराद्र्धहमा संस्कृत, वेद र गायत्री मन्त्रको गुण विशेषताको गहन अध्ययन गरी निकालिएको अमृत जस्तै गायत्रीको सारलाई अमूल्य रुपमा  सबैका लागि सहज किसिमले रस्वादन गरी ग्रहण गर्न सक्ने खुराक कृति ‘गायत्री गंगा’ पस्कनु भएको छ । डा.प्रणय पण्डया, डा. बाबुराम ज्ञवाली, डा.हिरण्य ज्ञवाली, समाजसेवी महेश्वरप्रसाद श्रेष्ठ र साहित्यकार कृष्णप्रसाद कोइरालाको महनीय शुभकामना सहित लेखकीय नम्र निवेदना रहेको कृति २०७६, २०७९ र २०८० आषाढमा गरी ३ पटक सम्मको संस्करण प्रकाशन भरबापत पनि कृतिको उपादेयता बढ्दो महत्वको रहेको छ । 

 कृति सनातन वैदिक संस्कृतिको पुर्नजागरण सहित युग परिवर्तनका लागि संदेशमुलक रहेको छ । गायत्री मन्त्र पुरुष र महिला दुवैले ढुक्कसंग जप गर्न हुने विश्वास जगाएको छ । गायत्री एक अमोेध मन्त्र भएकोले स्तुति, ध्यान र बन्दना तीनवटै कार्य गर्न सकिने भएको छ । गायत्रीको सारतत्व र मन्त्रको महिमा बुझ्न र बुझाउन चाहनेहरुका लागि कृति नेपाली भाषा साहित्यको एक महत्वपूर्ण सामग्रीको रुपमा रहेको छ । गायत्री मन्त्रको अर्थ शक्ति र प्रयोग जान्नको लागि यो कृति सुत्रको रुपमा रहेको छ । वेदको सार र गायत्री महीमा सर्वसाधारण समक्ष सजिलै पुगोस् भन्ने अभिप्रायले लेखिएको कृति हरेक विद्यालय, शिक्षालय, पुस्तकालय, धार्मिक संघ सस्था एवं वैदिक चिन्तक, अध्यता र पाठकवर्ग समक्ष पु¥याउन सकिएको खण्डमा सर्वजन् हिताए हुने छ र वैदिक सनातन धर्मप्रति अगाथं श्रद्धाभाव सहित सहयोग र समर्थन पाप्त हुनेछ । गायत्रीका परम उपासक अमृतलाल श्रेष्ठज्यूप्रति कृतिगत सफलताको शुभकामना सहित सुदीर्घजीवनको प्रार्थना गर्दछु ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update