Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबारदेखि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो ।
जस अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १ सय ६३ रुपैयाँ ५० पैसा, दोश्रो वर्गका लागि प्रति लिटर १ सय ६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १ सय ६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १ सय ५३ रुपैयाँ ५० पैसा, दोश्रो वर्गका लागि प्रति लिटर १ सय ५५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १ सय ५६ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले भने पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/ मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको छ । घटाइएको मूल्य मंगलबार राति १ बजेबाट लागू हुने छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update