Shittalpati
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक

पाल्पा,  रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।  

सभामा संस्थाका अध्यक्ष भुगोल प्रसाद बैजु श्रेष्ठले  संस्थाको  आय व्ययसहित प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले  १५ करोड ७ लाख २ हजार ९ सय ६१ बराबरको आय–व्यय प्रस्तुत गरे । अध्यक्ष श्रेष्ठले तीन आर्थिक बर्षको शेयर पुँजी, बचत संकलन, बचत फिर्ता, फिर्ता गर्न बाँकी रकम, ऋण लगानी, ऋण असुली, लगानीमा रहेको ऋण र मुनाफा रकमहरु समेत प्रस्तुत गरेका थिए ।  उनले गएको आर्थिक बर्षमा शेयर पुँजी १ करोड ५० लाख, ८६ हजार ६ सय, बचत संकलन १३ करोड ७ लाख ८३ हजार ४ सय ९, बचत फिर्ता १४ करोड ८९ लाख ६९ हजार २ सय ५२, फिर्ता गर्न बाँकी रकम ८ करोड ५८ लाख ५८ हजार ६ सय २, ऋण लगानी २ करोड ११ लाख ५३ हजार , ऋण असुली ३ करोड ८२ लाख ५९ हजार , लगानीमा रहेको ऋण ९ करोड ७० लाख १० हजार र मुनाफातर्फ १ लाख ८९ रहेको  बताए ।

संस्थाले सुत्केरी भएका  ७ जना शेयर सदस्यहरुलाई पोष्टिक आहारको लागि पाँच÷पाँच हजार नगद सहयोग, दुई जनालाई औषधी उपचार खर्च, मृत्यु भएका ३ जना शेयर सदस्यहरुलाई औषधी उपचार खर्च ५ हजार र अन्तिम संस्कार खर्च १० हजार ५ सय प्रदान गरिएको अध्यक्ष श्रेष्ठले  सभामा जानकारी दिए । सभामा लेखा समिति संयोजक रविमोहन श्रेष्ठले बार्षिक रुपमा ४ पटक बैठक बसी समितिले दिएका सुझावहरुको बारेमा जानकारी गराएका थिए ।  कोषाध्यक्ष दिपेन्द्रलाल श्रेष्ठले चालु आर्थिक बर्ष २०८० ÷०८१ को लागि अनुमानित १५ करोड  ३७ लाख ४८ हजार बराबरको आय व्यय पेश गरेका थिए ।

सभामा कुटुम्व बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थानेश्वर गैरे, पत्रकार महासंघ पाल्पाका कार्यसमिति सदस्य कृष्ण पोखरेल, शेयर सदस्य शशी श्रेष्ठ लगायतले पछिल्लो समय सहकारीहरुका धेरै ऋण असुली नहुँदा समस्या बढ्दै गएकाले सबैभन्दा पहिले ऋण असुलीमा सिङ्गो कार्यसमिति, ऋण समिति सक्रिय भएर लाग्नु पर्ने सुझाव दिए । सचिव शोवाकान्त न्यौपानेले आगामी बर्षका लागि पेश गरेका प्रस्ताव तथा अध्यक्ष, कोषाध्यक्ष, लेखा समितिले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएका थिए । संस्थाका अध्यक्ष भुगोल वैजु श्रेष्ठको अध्यक्षता, ऋण समितिका सदस्य किशोर दर्शन बज्राचार्यको स्वागत, कर्जा उपसमितिका सदस्य सविन मल्लको धन्यवाद ज्ञापन, सचिव शोवाकान्त न्यौपानेको सञ्चालनमा र  साधारणसभा भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update