Shittalpati
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते

बागलुङ, बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना  भएको हो ।

 दुर्घटनामा  २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्युु हुनेमा चन्द्रगिरी नगरपालिका –१० की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतक गैरे चन्द्रगिरीबाट ढोरपाटन घुम्न आएको बुझिएको छ ।

दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको  जनाइएको छ । घाइतेहरुको अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जिप उकालोमा ब्रेकफेल भइ  दुर्घटना भएको बताइएको छ ।  

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update