Shittalpati
अरनिको स्मृति दिवसको सन्दर्भ

अरनि राष्ट्रिय विभूति कलाकार हुन् । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ । महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाउने गरिन्छ । आज पनि उनको सम्झना गरिदै छ ।  विसं २०५८ सालदेखि उनको स्मृति दिवस मनाउन थालिएको हो ।

यसले सरकारी मान्यता समेत पाएको छ । अरनिको योगदानको जति चर्चा हुन्छ, उति नै उनको जीवनकालको । राजा अनन्त मल्लकै पालामा १३ औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिएपनि उनीबारे धेरै सन्दर्भ अपुरा छन् । चीनको बेइजिङ पुगेर बहुविवाहसमेत गरेका उनका सन्तान अहिले कहाँ छन् ? केही अत्तोपत्तो छैन । तैपनि विभिन्न कलाकृति र चिनियाँ दस्तावेजमा वर्णन गरिएको आधारमा नेपालमा अरनिको सम्बन्धी धारणा बन्दै आएको छ । यद्यपी उनका बारेमा अझै पनि खोज तथा अनुसन्धान हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा उनले ख्यातिप्राप्त गरेका थिए । उनको कलाको अहिले सम्मान हुन सकिरहेको छैन ।

नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए । तर अहिले भने उनको अनुसरण कहि कतैबाट हुन सकिरहेको छैन । यसले उनको योगदानको अपमान समेत हुने गरेको छ । स्मृति दिवस मनाउनु राम्रो हो तर दिवस मनाइँदै गर्दा उनको योगदानको पनि कदर हुन आवश्यक छ । अहिलेको अवस्थामा नेपाली वास्तुकलामा अरनिले पु¥याएको गोगदानको अरुले पनि सिको गर्न जरुरी छ । यो भयो भने मात्र उनको स्मृति दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update