Shittalpati
हृदय रोग  रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह

पाल्पा, नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ ।  प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।

अधिवेशनले समिरमान सिंहलाई पुनः अध्यक्षमा चयन गरेको छ । उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठले एनजेडीलाई  जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको पहिलो बैंठकले अन्य पदाधिकारीहरु चयन गर्ने गरी अहिले सदस्य मात्र चयन गरिएको हो । अधिवेशनको लुम्बिनी मेडिकल कलेजका डा. तिल चन्द पाण्डेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले स्वास्थ्य नै धन भएकाले मानिसहरुलाई स्वस्थ राख्ने अभियानमा प्रतिष्ठानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले मुटु , मृगौला, सुगर जस्ता रोगहरुको बारेमा जानकारी गराउँदै आहारविहार र जीवनशैलीका बारेमा जानकारी समेत गराएका थिए । 

कार्यक्रममा युनाइटेड मिसन अस्पतालकी निर्देक रचेल कारख, नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्मा, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पतञ्जलीका अध्यक्ष सुरेश श्रेष्ठ लगायतले प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गरेका गरेका थिए । प्रतिष्ठानका अध्यक्ष समिरमान सिंहको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसीको स्वागत, सहसचिव मन हेमचुरीको सञ्चालनमा कार्यक्रम भएको थियो । पाल्पामा रामलाल श्रेष्ठको सक्रियतामा प्रतिष्ठान स्थापना भएको हो ।  उनले एक लाख बराबरको उत्कृष्ट पद ‘एस एस कर सदस्य’ लिएका छन् । यो पद नेपालकै उत्कृष्ट पद हो । प्रतिष्ठानले बाल मुटु बचाउ, टन्सील पाकेर उपचार नपाएका, मुटु रोगीहरुको पहिचान गरी उनीहरुलाई उचित उपचार र पराशर्म जस्ता कामहरु गर्दै आएको छ । प्रतिष्ठानमा २ सय १५ जना सदस्य रहेका छन् । जसमा १२ जना  विशिष्ट सदस्यका रुपमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update