Shittalpati
आज विश्व अहिंसा दिवस

पाल्पा, आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।

अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए । विश्वमा हिंसाका घटनाहरू बढ्दै जान थालेपछि हिंसालाई रोक्ने अभिप्रायसहित यो दिवस मनाउन थालिएको हो । समाजमा हिंसाका अनेक स्वरूप हुने गरेका छन् । समाज जति खुल्ला र विकसित हुँदै गएको छ, हिंसाका रूप त्यसैगरी बदलिएका छन् । विगतमा शारीरिक रूपमा सीमित हुने गरेको हिंसा प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र मोबाइलबाट समेत हिंसाका रूप प्रकट हुने गरेका छन् ।

अहिंसा दिवस मनाउने सम्बन्धी १५ जुन २००७ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित संकल्प प्रस्तावमा भनिएको छ– ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ ।’ शिक्षाको माध्यमबाट जनतामा सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ । महात्मा गान्धीले जीवनमा कसैमाथि हिंसा गरेनन् तर उनको अन्त्य भने हिंसाबाटै भयो ।  वास्तवमा अहिलेको अवस्थामा अहिंसाको विषय जटिल बन्न गएको छ । मानवी हिंसा मात्रै नभएर पशुपंक्षी समेतको हिंसाका सन्दर्भमा हेर्दा अहिंसाको व्याख्या गर्न पक्कै पनि कठिन छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update