Shittalpati
गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका –३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा परी अन्य २ जना समेत घाइते भएका छन् । घाइते हुनेमा रेसुङ्गा नगरपालिका–३ का घरधनी ७९ वर्षीय शेरबहादुर बेल्बासे र प्युठानको गौमुखी गाउँपालिका– ३ का २४ वर्षीय टेकबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनीहरु गुल्मी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update