Shittalpati
संविधान दिवसको औचित्य

आज संविधान दिवस । लोकतान्त्रिक संविधान २०७२ संंविधानसभाबाट निर्मित संविधान विक्रम सम्वत २०७२ साल असोज ३ गतेदेखि विधिवत रुपमा लागु भएको दिन भएका कारण आजलाई संविधान दिवसका रुपमा मनाउने परम्परा शुरु भएको हो । आज यो दिवस मनाउँदै गर्दा दिवसका लागि दिवस मात्रै हुने खतराहरु पनि त्यति कै बढिरहेका छन् । त्यसको कारकतत्व पनि संविधानका निर्माताहरु नै हुन् भन्ने आरोप अहिले व्यापक रुपमा लाग्ने गरेका पाइन्छ । लामो जुनयुद्वको संज्ञा दिदैं शुरु भएको वनवास पछि राज्याभिषेकका बेला–बेलामा हुने प्रचण्ड ताण्डवहरु क्रमशः सेलाउँदै पारिवारिक पीडा र पार्टी भित्रको संकुचनले गर्दा वेतालमै हिजो जस्तै आज पनि विलयमयी संस्कृतिको शिकार हुने तयारी शुरु भएको आभाष हुन थालेको छ । राजनेताहरुले आफुलाई आफ्नै सामुन्ने व्यङ्ग्य गर्दा पनि आत्मरति नखल्वलाई सहनशक्तिको विकास गर्नुपर्ने बाध्यता श्रृजना हुनु आफैमा विलयवादी संस्कृतिको पुनःप्रार्दूभावको संकेत नै संविधानको सही कार्यान्वयन हुन नसक्नु हो ।

राजनैतिक चरित्रको अच्छा प्रर्दशन गरेको वर्तमान सरकार बनाउने क्रममा गाँसेको माया पिरती पनि धुमिलो हुँदै गएपछि यी कथाहरुले विभिन्न पात्र र खलपात्रहरु जन्माउने प्रसव पीडावोध गरिरहेका छन् । हिजो सत्ता प्राप्तिका नाममा भएको विलय आज पनि त्यही पदमार्गबाट अग्रसर हुँदै जाने खतरा भएकै कारण काँग्रेसलाई चिन्ताले सताइरहेको आभास हुन्छ । बाटो घाटोमै हुने भाषण र पाषाणयुगीन जंगली र अराजनैतिक शैली नजानिदो गरी प्रर्दशित हुँदै गएका छन् । कहाँ पुग्ने ? को कससंग जोडिने 
हुन् ? अनुमान यही नै हुन्छ भन्न सकिने अवस्था नहुनु नै संविधानको पालनामा कमजोरी हुनु हो । समग्रमा भन्नुपर्दा वर्तमान सरकारले अलोकप्रियताको पगरी गुंथी रहेको अवस्थाको भान हुन थालेको छ । आशा र विश्वासमा समय बिताइरहेका मुलकका जनतामा देखिएको विचित्रतापूर्ण सोच्नेशैलीमा ह्रास पलाएको छ । प्रकृतिका छटाहरु, खण्डवृष्टि र अल्पवृष्टिसँगै राजनैतिक भूक्षयका कारण गाईजात्रामा स्वर्ग र नर्कको तुलना गर्न सहज भइसकेको भान हुने वातावरणको अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर नलाग्दा सम्म संविधान दिवसको औचित्य पुष्टि हुन सक्दैन भन्ने कुरामा ध्यान जानु जरुरी छ । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update