Shittalpati
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते    (अपडेट )

पाल्पा ,पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गा सहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।   मृत्यु  हुनेमा रेसुङा नगरपालिका -७ कि ४५ वर्षीया  मनकला चुदारा, पाल्पाका प्रहरी सहायक हवल्दार ४२ वर्षीय  यम बहादुर बोहोरा  र पोखरा महानगरपालिका - १५ का ३१ वर्षिय विनोद तिमिल्सेना रहेका छन्  । 

दुर्घटनामा ७ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।  चालक भने सकुसल रहेका छन् । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको स्कार्पियो विहान करीव  सवा ८ बजेको समयमा पाल्पाको जोर्तेको पहिरोमा परेको हो । घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।   घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 


 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update