Shittalpati
घर, टहरा भत्काइएको क्षेत्र बन्यो पार्किङ्ग स्थल

तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार क्षेत्र वरपरका घर, टहरा भत्काएपछि बनेको पार्किङ्ग स्थल । नगर सरकारले तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले वैशाख ६ गते यहाँका ५७ घर, टहरा भत्काएको थियो । घर, टहरा भत्काइएपछि यहाँ जथाभावी रुपमा सवारी पार्किङ्ग र फुटपाथ व्यापार गर्ने गरिएको छ । जसका कारण दरबार वरपरको क्षेत्र कुुरुप देखिएको छ । दरबार क्षेत्रलाई सुन्दरता प्रदान गर्ने भनिए पनि यस्ता गतिविधिले भने नगर सरकारको कार्यप्रति शंका उत्पन्न गराएको छ ।              –तस्वीर : जगदीश भट्टराई

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update