Shittalpati
रेसुङ्गाका मासु व्यवसायीलाई  नगर सरकारले दियो सामग्री

गुल्मी , जिल्लाको रेसुङगा नगर सरकारले नगर  भित्र रहेका मासु व्यवसायीलाई आवश्यक सामग्री दिएको छ । नगरपालिका भित्रका १२ जना मासु व्यबसायीलाई सोमबार एक कार्यक्रमकाबिच मासु व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने दाउ,गलव्स र एप्रोन लगाएतका सामग्री दिएको हो । 

 व्यवसायीहरुलाई थप प्रोत्साहन गर्नको लागि सामाग्री सहयोग गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनले व्यवसायीलाई परिमार्जन गर्न आवश्यक रहेकाले  राम्रो गुणस्तरमा मासु उपलब्ध गराउनेतर्फ सबै व्याबसायी लाग्नुपर्नेमा जोड दिए । व्यवसायीलाई सामाग्री किनेर दिने कार्यविधि रहेकाले मासु व्यवसायीलाई पोत्साहन स्वरुप सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुमाखर मरासिनिले बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update