Shittalpati
रामपुरका सडकमा सोलार बत्ती जडान

पाल्पा, रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिकाले वडा ५ को नगरपालिका कार्यालय परिसर, वेझाँड बजार, सदावर्त चोक,तालपोखरा , कालिआँप, र किसानबारी बजारमा सोलार बत्ती जडान गरेको हो ।

नगरका सडक चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा ७ वटा सौर्य बत्ती जडान गरेको छ । रातको समयमा हुन सक्ने विभिन्न आपराधिक घटना र सुरक्षालाई मध्येनजर गरि नगरका विभिन्न स्थानमा अटोमेटिक सोलार बत्ती जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । नगर प्रमुख थापाले सोलार बत्ती जडान संगै सम्भावित अपराधिक घटनामा कमी आउनुका साथै रातको समयमा हिंडडुल गर्न सुरक्षित हुने विश्वास व्यक्त गरे । उनले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि सोलार बत्ती जडानलाई विस्तार गर्दै जाने बताए । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा पोल सहितको अटोमेटिक सोलार बत्ती जडान गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update