Shittalpati
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ

पाल्पा, लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत वर्ष यही अवधिमा करिब ३२.७१ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याड्ढ अनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल हो । जसमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन प्रतिशतको हिसाबले ११.०९ हो । पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा ८ हजार २ सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ । गुल्मीमा ८ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७ सय ३७ हेक्टर क्षेत्रफलमा जम्मा ८.५ प्रतिशत रोपाइँ भएको छ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ, त्यहाँ अहिले ८ सय ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update