Shittalpati
रेसुङ्गा नगर सरकारको बजेट ७१ करोड

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाले ७१ करोड भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० बराबरको बजेट ल्याइएको बताए ।

१३ औं नगरसभा मार्फत ल्याइएको बजेटमा चालु खर्चतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७ सय ६० र पूँजीगततर्फ १७ करोड २० लाख १२ हजार रहेको छ । नगरप्रमुख पन्थीले आर्थिक विकासतर्फ एक करोड १९ लाख, सामाजिक विकासतर्फ ४० करोड ८५ लाख ७१ हजार ७ सय ६०, पूर्वाधार विकासतर्फ १५ करोड ९९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत तथा प्रशासनिकतर्फ १२ करोड ४५ लाख ७ हजार बजेट प्रस्तुत गरे । जसअन्तर्गत कृषि र पशुपंक्षीतर्फ ९३ लाख, सहकारी उद्योग तथा वाणिज्य क्षेत्रको विकासका लागि १७ लाख बजेट विनियोजन गरिएको छ । रेसुङ्गा भ्रमण वर्षको रुपमा एक लाख पर्यटक भिœयाउने लक्ष्य लिएको नगरपालिकाले पर्यटन क्षेत्रका लागि १३ लाख, नगर क्षेत्र भित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तर प्रवद्र्धन गर्न सशर्त अनुदान २० करोड ६८ लाख र निशर्त अनुदानतर्फ एक करोड ६५ लाख बजेट  विनियोजन गरिएको छ । 

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधार, तम्घास अस्पतालको व्यवस्थापन लगायत स्वास्थ्य क्षेत्रको विकासका लागि तीन करोड ५६ लाख ८४ हजार बजेट विनियोज गरिएको छ । खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालका लागि एक करोड, सामाजिक समावेशीकरण संस्कृति प्रवद्र्धन र खेलकुद तथा मनोरञ्जन क्षेत्रको प्रवद्र्धनका लागि ५२ लाख बजेट विनियोजन गरिएको छ ।  
भौतिक निर्माणका लागि १६ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १२ करोड ४५ लाख छुट्याइएको छ । नगरप्रमुख पन्थीले प्रस्तुत गरेको बजेट असार १२ गते बस्ने नगरसभाको तेस्रो बैठकमा विनियोजन विधेयक पारितका लागि निणर्यार्थ प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update