Shittalpati
पाल्पाको पूर्वखोलामा असिना पानीले कुट्दा एक व्यक्तिको मृत्यु

पाल्पा, जिल्लाको पूर्वखोलमा गाउँपालिकामा मंगलबार परेको असिना पानीले कुट्दा एक व्यक्तिको मृत्यु भएको छ । हुमिनबाट घर फर्कर्दैै गरेका वडा नं ४ देबीनगर, तल्लो लेमधेमका ७३ वर्षिय बदल सिंह कंवरको ओसिना पानीले कुट्दा मृत्यु भएको वडा सदस्य भुवन सिंजालीले जानकारी दिए । कामको शिलशिलामा माईला छोरा बाहिर रहेको र उनी घर नफर्किएपछि खोज्न भन्दै मगलबार कुंवर हुमिन पुगेका थिए ।

छोरालाई भेटेर साझँ ५ः३० बजेर घर फर्किएका उनलाई देविनगरको दडुवा जंगलमा असिना पानीले कुटेर मृत्यु भएको वडा सदस्य सिंजालीले बताए । ठूलो जंगल मात्र रहेको र कहि कतै पानी ओत्ने ठाउँ नभएपछि उनलाई ओसिना सहितको अविरल पानीले कुटेको स्थानीयले बताएका छन् । उनलाई जंगलमा वरीपरी पानीले घेरेको अवस्थामा बुधबार  विहान ८ बजेको समयमा स्थानीयले देखेका थिए । उनलाई पूर्वखोलाबाट तानसेन आउदै गरेको गाडीमा सवार केही स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । खबर लगत्तै प्रहरी र जनप्रतिनिहरु घटनास्थल पुगेका थिए । उनको अहिले जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update