Shittalpati
रूखबाट लडेर एक महिलाको मृत्यु

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

फक्टुङकी ४५ वर्षिय धना खाँण आफ्नै बारीमा रहेका लिचीको रुखमा चढी लिची टिप्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी धनालाई श्रीमान ज्ञानबहादुर खाणले लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका थिए । धनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update