Shittalpati
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द

पाल्पा, अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाले जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेद्धारा जारी सूचनामा हाल नेपालमा अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाईसँगै विद्यार्थीको स्वास्थ्यमा असर परेको भनि विभिन्न विद्यालय, अभिभावकबाट गुनासो आएको तथा नेपाल विद्यार्थी संघ रामपुर पाल्पा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामपुरबाट समेत ज्ञापनपत्र आएको हँुदा बर्षे र हिउँदे विदामा मिलान हुने गरी विदा दिइएको बताईएको छ । शिक्षा शाखाले तातो हावा तथा लू बाट बच्न सतर्कताका सुझावहरु सम्प्रेषण गर्न समेत विद्यालयहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update