Shittalpati
आज विश्व बालश्रम विरुद्धको दिवस

पाल्पा, विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ ।

सन् २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रूपमै बालबालिकालाई असर पु¥याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ । विभिन्न प्रयास गरिए पनि विश्वका विकसित देशमा बाल मजदुरीको अन्त्य हुन सकेको छैन । नेपाल जस्ता देशहरूमा बालश्रमको अवस्था अझै भयावह छ । नेपालमा विभिन्न गैरसरकारी तथा सरकारी निकायले बालश्रमविरुद्ध काम गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update