Shittalpati
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते 

पाल्पा, पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ ।  भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुुनेमा भारत उत्तर प्रदेश ढडेपुरका ६० वर्षीय कृष्ण नारायण तिवारी, चालक उत्तर प्रदेश ककरहवाका ५२ वर्षीय विरेन्द्र पाण्डेय र रुपन्देहीका ५० वर्षीय बुद्धिराम मुराउ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मुुराउको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

कारमा ४ जना सवार रहेको र उनीहरु रानीमहल घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । कार सडकदेखि करिब १०० मिटर तल खसेको छ  । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update