Shittalpati
डुवेर दुुईको मृत्युु

पाल्पा, डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु र सिरहामा डुवेर दुुई जनाको ज्यान गएको छ ।   कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ बनकट्टी हरिहरपुरमा देवदास भरकी १२ वर्षीया छोरी कल्पना भरको खोलामा डुुवेर ज्यान गएको छ । बुद्धभूमि नगरपालिका–४ गेलवारस्थित गुडरुङ खोलामा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्युु भएको हो ।  

मामाघर गएकी कल्पना पौडी खेल्ने क्रममा अचानक खोलामा डुब्न पुुगेकी थिइन् । खोलामा डुवेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सिरहाको लाहान नगरपालिका–११ पडरियामा एक बालकको पोखरीमा डुवेर ज्यान गएको छ । सोही ठाउँका अनिल कुमार चौधरीको १८ वर्षीय छोरा निखिल चौधरीको घर नजिकैको पोखरीमा डुवेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुुवै घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update