Shittalpati
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं

पाल्पा, आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैं छ । यो दिवस २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि मनाउन सुरु गरिएको हो ।

कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव मानिन्छ । आजभन्दा ५९ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्रवीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहारमा जातीय भेदभाव रहिरहेको नै थियो । 

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अंग सोसरह मान्यता दिइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update