Shittalpati
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

पाल्पा, आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।

दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्र्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् । यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छन् । नीतिगत वकालतका माध्यमबाट सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य हो । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update