Shittalpati
गुल्मीको एक पसलमा आगलागी हुँदा एकको मृत्यु दुई घाइते

रमेश विश्वकर्मा

गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी भएको छ । सोमबार दिउँसो बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका १६ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो । घाइते २ जनालाई उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाईएको अध्यक्ष खत्रीले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको बताईएको छ । आगलागीबाट पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update