Shittalpati
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने

पाल्पा, सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्रुमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् । स्वास्थ्य बिमा कार्यक्रम आफैमा राम्रो भए पनि कार्यान्वयन पक्ष व्यवस्थित नहुँदा प्रभावकारी बन्न नसकेकाले सरकारले कार्यक्रम पुुनरावलोकन गर्ने नीति लिएको हो । नेपालमा २०७२ बाट बिमा कार्यक्रम सुुरु गरिएको हो ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि गत साउनमा उच्चस्तरीय कार्यदल गठनसमेत गरेको थियो । सरकारले नीति तथा कार्यक्रममा देशभर बिमाको पहुँच विस्तार गर्ने पनि जनाएको छ । उसले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको हो । स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने राष्ट्रपति पौडेलले जानकारी दिए । देशभर बिमाको पहुँच विस्तार गरिने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने उनले बताए । राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिए । सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update