Shittalpati
रामपुरमा महिन्द्राको शोरुम

पाल्पा, जिल्लाको रामपुरमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा ल्याइएको छ । ३२ औँ शोरुम रुपमा रामपुरमा सेवा सञ्चालनमा ल्याइएको हो ।रामपुर अटो भिलेजका सञ्चालक गणेश प्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदैगरेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा ल्याएका हुन् ।

शोरुमको बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गरेका हुन् । शोरुमको उद्घाटन गर्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेकाले पाल्पाको रामपुरमा शोरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताए ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने भन्दै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताए ।

अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ –गाउँमा पुगेको बताए । उनले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा विस्तार गरेको जानकारी दिए । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा स्वरुम शुभारम्भ गरिएको हो । कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गरेका हुन् । विगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ । कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको हो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update