Shittalpati
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।

यसैगरी निर्वतमान सचिव रामचन्द्र रायमाझीले नवनिर्वाचित सचिव विष्णु घिमिरेलाई माईन्यूट बुक हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका थिए । निर्वतमान कोषाध्यक्ष विष्णु खनालले नवनिर्वाचित कोषाध्यक्ष दीपक भट्टराईलाई आय–व्ययको खाता हस्तान्तरण गरे । कार्यक्रममा निर्वाचन मण्डलका सदस्य तथा ट्रेड युनियन पाल्पाका अध्यक्ष निलकण्ठ देवकोटाले नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा युनियनका संस्थापक सभापति तथा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गरिहेले सबैलाई समेटेर अघि बढ्न नयाँ कार्यसमितिलाई सुझाव दिए । उनले शुुद्ध श्रमजिवी पत्रकारहरुको मात्र संगठन बनाउने दिशाका अगाडि बढ्न समितिलाई आग्रह गरे । युनियनका सल्लाहकार समेत रहेका गहिरेले इमान्दार, निष्ठावान बनेर काम गर्न युनियनमा आवद्ध पत्रकारहरुलाई सझाव दिए । उनले युनियनले अगाडि सारेका योजनाहरुमा आफुले सधै सहयोग गर्ने पनि बताए ।

युनियनका पूर्व सभापति तथा नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले संगठनमा अनुशासनलाई गम्भीरताका साथ लिनुुपर्ने बताए । उनले भने‘अुशासन नै संगठनको पहिचान हो ।’ युुनियनमा आवद्ध हुुने पत्रकार सक्रिय हुुनुुपर्नेमा सचिव भट्टराईले जोड दिए । उनले संगठनमा सदस्य संख्या मात्र बढाउने कुरालाई भन्दा पनि सक्रिय पत्रकार बन्ने र बनाउने दिशामा लाग्न युनियनलाई आग्रह गरे । नेपाली काँग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले पेशाप्रति इमान्दार भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरिन् । उनले युनियनलाई आफुुले सक्दो सहयोग गर्ने बताईन् । निर्वाचन मण्डलका सदस्य तथा ट्रेड युनियन पाल्पाका अध्यक्ष निलकण्ठ देवकोटाले पत्रकारिताको मर्यादालाई ख्याल गर्दै संगठन विस्तारमा लाग्न युनियनलाई आग्रह गरे । युनियनका पूर्व केन्द्रीय पार्षद् शंकर भण्डारीले युनियन विस्तारमा आफ्नो पनि महत्वपूर्ण योगदान रहेकाले संंस्थाप्रति माया लागेर आउने बताए । उनले संस्थाको विकासका लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको भन्दै संस्थालाई आर्थिक स्रोतको भन्दा पनि सोंचको अभाव रहेको धारणा व्यक्त गरे । युनियनका अध्यक्ष मन गहिरेको अध्यक्षता, निवर्तमान उपाध्यक्ष पुष्करराज रेग्मीको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update