Shittalpati
बेवारिसे शव पहिचान हुन सकेन

पाल्पा, गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।

झुम्साको जंगलमा भरलाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा ति व्यक्तिको शव फेला परेको थियो । ५ फिट ६ इन्च उचाई, कालो टिर्सट, निलो जिन्स पाइन्ट, रातो जुत्ता, बायाँ हातमा खैरो रंगको घडी लगाएको अन्दाजी २०/२२ वर्षको देखिने पुुरुष झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव सडेगलेकाले पहिचान गर्न गाह्रो भएको छ । मृतको आफन्त तथा घरपरिवार कोही पनि सम्पर्कमा नआएकाले अहिलेसम्म शवको पहिचान हुन नसकेकपछि प्रहरीले नेपाल पत्रकार महासंघ पाल्पालाई शव सनाखतको लागि समन्वय गरिदिन आग्रह गरेको छ । उसले मृतको सनाखत तथा आफन्तको पहिचानको लागि हुलिया समेतको विवरण पत्रपत्रिका तथा सञ्चार माध्यममा सम्प्रेषण गरी अनुसन्धानमा सहयोग गरिदिन पत्रमार्फत आग्रह गरेको हो । अहिले शवलाई पाल्पा अस्पतालको शव गृहमा राखिएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी गराए । प्रहरीले मृतको फोटो समेत सार्वजनिक गर्न भनेको छ । मृतक जो कोही हुन्, शव बनिसकेको मानिसको तस्वीर सार्वजनिक गर्नुलाई आफैंमा राम्रो मानिँदैन । तर पहिचान गर्ने उद्देश्यले बेवारिसे शवको फोटो सार्वजनिक गर्नुलाई प्रभावकारी विधि मानिन्छ । यसबाट शवको सम्मानजनक अन्त्येष्टि गर्न र कानुनी झमेला सक्न मद्दत पुग्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update